Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विश्वकप क्रिकेट लिग–२ नेपाल नामिबियासँग पराजित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार |

 

काठमाडौँ, ११ साउनः आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

 

नेदरल्यान्ड्सको उट्रेच्टमा आज सम्पन्न खेलमा नेपाल नामिबियासँग तीन रनको झिनो अन्तरले पराजित भएको हो । नामिबियाले दिएको २१२ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित  ५० ओभरमा ६ विकेट गुमाएर २०८ रन मात्र बनाउन सफल भयो ।  

 

नेपालका लागि आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने रोहित पौडेलले ४१ रन बनाए । त्यस्तै आरिफ शेखले अविजित ३८ रन तथा कुशल भूर्तेलले ३४ रन बनाए । 

 

अन्तिम ओभरसम्म पुगेको खेलमा गुल्शन झाले १० बलमा अविजित १९ रन बनाए पनि नेपाललाई जित दिलाउन पर्याप्त भएन । नामिबियाका ज्याक ब्रासेलले ३ विकेट लिए भने रुबेन ट्रम्पेलम्यानले २ विकेट लिए । 

 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २११ रनको योगफल बनाएको थियो । 

नामिबियाका जान फ्रिलिङ्कले १४९ बलमा १०० रनको शतकीय इनिङ्स खेले भने लाउरेन स्टिनक्याम्पले ५९ रनको योगदान दिए । नेपालका करण केसी उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan