Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देवानगञ्ज घटनापछि राष्ट्रिय सहमतिका लागि रविको पहल, सर्वदलीय बैठक सुरु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण १३ बुधबार |

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राष्ट्रिय परिस्थिति तथा सुनसरीको देवानगञ्ज घटनालगायत विषयमा साझा धारणा बनाउन आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय, शान्ति–सुरक्षा तथा राष्ट्रिय सहमतिका विषयमा छलफल भइरहेको जनाइएको छ।
बैठकपछि पारित हुने साझा धारणा तथा निर्णय सार्वजनिक गरिने र त्यसका आधारमा आगामी राजनीतिक कदमबारे दलहरूले संयुक्त रूपमा धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan