Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २३ मंगलबार | (रासस)

नारायणगढ (चितवन), २३ भदौः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीका दिन पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गरिने जनाएको छ ।अस्पतालले भदौ २४ गते बुधबार बिहान ९ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सम्पूर्ण नियमित सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    केही दिनयतालगायत परेको सार्वजनिक बिदाका कारण उपचारका लागि आउने बिरामी तथा सेवाग्राहीलाई पर्न सक्ने असुविधा र अस्पतालमा बढ्न सक्ने चापलाई मध्यनजर गर्दै सेवा सञ्चालन गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ ।

    अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले लगातार सार्वजनिक बिदा परेकाले बिरामीको चाप बढ्ने देखिएपछि बिपी जयन्तीको अवसरमा आधा दिन सेवा सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार अस्पतालको बहिरङ (ओपिडी) मा सामान्य दिनमा दैनिक ७०० देखि एक हजार ५०० सम्म बिरामी उपचारका लागि आउने गर्छन् । उहाँले भन्नुभयो, “कम्तीमा पनि यहाँ आएका बिरामीले भोलि सेवा पाउनेछन् । अन्य वर्ष बिपी जयन्तीका दिन बिदा हुने गरेको थियो । यस वर्ष सूचना जारी गरेर आधा दिन अस्पताल खुला राखी सेवा दिन लागेका हौँ ।” 

    अस्पतालका निमित्त कार्यकारी निर्देशक डा उमेश नेपालले बिपी जयन्तीको अवसरमा ओपिडी सेवाका टिकट निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँले भोलि नयाँ तथा पुराना दर्ता र स्वास्थ्य बिमाअन्तर्गत दर्ता हुने ओपिडी टिकटमा लाग्ने ‘को-पेमेन्ट’ शुल्क पनि नलिइने बताउनुभयो । 

    सामान्य दिनमा नयाँ ओपिडी दर्तामा रु ६० र पुरानो दर्तामा रु ५५ शुल्क लाग्ने गरेका भोलि उक्त शुल्क नलिने उहाँले जानकारी दिनुभयो । उहाँले भोलि अस्पताल परिसरमा रहेको बिपी कोइरालाको सालिकमा माल्यार्पणसहित विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइने पनि जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan