एन आई सी एशिया बैंकका ग्राहकहरुलाई सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा २५ प्रतिशतसम्म छुट
काठमाडौं, २४ भदौ । एन आई सी एशिया बैंक लिमिटेड र पानीपोखरी, काठमाडौंस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा बैंकको तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र सेन्टरको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर धन्धोज मल्ल ठकुरीले हस्ताक्षर गर्नुभयो ।
यस समझदारी अनुसार ग्राहकहरुले उक्त सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा सेवा लिँदा विभिन्न सेवाहरुमा २५ प्रतिशतसम्म छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
ग्राहकहरुले 25-OH Vitamin D, Bilirubin Total and Direct, Blood Culture & Sensitivity-Bactec, Calcium, Creatinine, Glucose Fasting, Iron Profile, Lipid Profile, Liver Function Test (LFT) जस्ता झन्डै तीन दर्जन सेवाहरुमा २५ प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोग गरी उक्त छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।
उक्त सेन्टरसँगको यस सहकार्यले ग्राहकहरुलाई उल्लेखित बमोजिमको Laboratory Test Report मा लाग्ने शुल्कहरुमा छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
