Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्रिनल्यान्ड र लालीगुराँस विजयी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २७ शनिबार |
newsabhiyan

काठमाडौं भदौ २७ गते ।आयोजक ग्रिनल्यान्ड र लालीगुराँस नेसनल एकेडेमीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

धापासीस्थित घरेलु कोर्टमा ग्रिनल्यान्डले पारमाउन्टलाई २२–१८ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा प्रवेश चन्दले ८ अंक योगदान गरे । संगित बलामीको ९ अंक सहयोगमा लालीगुराँसले एचएचसीएलाई २३–१६ ले हरायो ।

जुनियर ब्वाइजमै ओडिसीले भद्रकालीलाई २५–१२, फेरिल्यान्डले बीएमसीएलाई २३–१३ र एन्जल्स हार्टले स्कोलर्स होमलाई २४–१५ ले पाखा लगाए । ओडिसीका सोहन तामाङले १०, फेरिल्यान्डका राहुल मुगुजीले १२ र एन्जल्स हार्टका सौरव श्रेष्ठले ९ स्कोर गरे ।

सिनियर ब्वाइजमा न्युटनले स्वेता सदनलाई ६५–४५, पारमाउन्टले भद्रकालीलाई ५६–३०, सेबले प्रारम्भ वल्र्डलाई ६२–४२, जेबी स्कुलले गोल्डेनपिकलाई २७–१८, एन्जल्स हार्टले बीएमसीएलाई ४८–३२ र मार्वलसले भ्याली पब्लिकलाई ७१–६३ ले पन्छाए । 

न्युटनका सविन राईले १५, पारामाउन्टका पिटर राईले १६, सेबका युविन तामाङले १६, जेबीका रुपेश तामाङले ११, एन्जल्स हार्टका रुपेश पौडेलले १८ र मार्वलसका गौरव यादवले २२ अंक जोडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan