Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाडमा पदक जित्ने उसु खेलाडीलाई ५० हजार पुरस्कार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ २७ शनिबार |
newsabhiyan

उसुका पूर्व खेलाडीहरुले २० औं एसियाली खेलकुदमा पदक जित्ने उसु खेलाडीलाई प्रोत्साहन स्वरुप नगद ५० हजार रुपैयाँ प्रदान गर्ने भएका छन् ।

एसियाडमा सहभागी हुने उसु टोलीको उपस्थितिमा भएको कार्यक्रममा खेलाडीले कुनैपनि पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका  छन् ।
कार्यक्रममा प्रिन्ट एक्सप्रेस र म नेपाली ब्रान्डका सञ्चालक अजय महर्जनले खेलाडी तथा प्रशिक्षलाई टीसर्ट प्रदान गरेका थिए । सो अवसरमा ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिनोद महर्जनलगायतले खेलाडीलाई सफलताका लागि शुभकामना दिएका थिए ।

जापानको आइची÷नागोयमा असोज ३ देखि १८ गतेसम्म हुने एसियाडमा नेपालबाट उसुमा थाउलो र सान्सौंमा गरी १० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपालबाट ८ पुरुष र २ महिला खेलाडी सहभागी हुँदै छन् । थाउलोमा ६ र सान्सौंमा ४ खेलाडीले चुनौती पेश गर्ने छन् ।

थाउलोमा विजय सिन्जाली, हरिप्रसाद गोले, राजीव तामाङ, सुस्मिता तामाङ, दीपक हमाल र सविता राईले खेल्ने छन् । सान्सौंमा रोहित चुनारा, अमर सुनार, सन्जिव महर्जन र रिता ठकुल्ला सहभागी हुने छन् । थाउलो प्रशिक्षकमा प्रकाश महर्जन तथा सान्सौं प्रशिक्षकमा तुल्सीनन्द वज्राचार्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan