Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गणेश चतुर्थीमा कुमार पूजा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ३० मंगलबार |
newsabhiyan

बनेपा (काभ्रे), ३० भदौ :  गणेश चतुर्थीको अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ स्थित गुप्तेश्वर मन्दिरको प्राङ्गणमा मङ्गलबार ३०८ कुमारको पूजा गरिएको छ ।

पनौती बोलबम परिवार सङ्घको आयोजनामा भएको कार्यक्रममा काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौँका कुमारलाई देवस्वरूप मानी पूजा गरिएको हो । भाद्र शुक्ल चतुर्थीका दिन गणेशको पूजा गर्ने परम्परासँगै कुमारलाई देवस्वरूप मानी पूजा गर्ने चलन रहेको छ ।

कुमार पूजाले बालकको सुख, शान्ति, स्वास्थ्य तथा दीर्घायुको कामना गर्नुका साथै समाजमा सुख–समृद्धि र शान्तिको कामना गर्ने धार्मिक तथा सांस्कृतिक मान्यता रहेको छ ।

कार्यक्रममा कुमारको पूजा गर्न आउने महिलाको उल्लेख्य भीड लागेको थियो । पनौती बोलबम परिवार सङ्घले विसं २०६८ देखि प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन कुमार पूजा गर्दै आएको सङ्घका अध्यक्ष महेश धाजुले बताउनुभयो । उहाँका अनुसार एक वर्षदेखि पाँच वर्षसम्मका बालकलाई कुमारका रूपमा पूजा गर्ने गरिएको छ ।  

“कुमार पूजा केवलकुमार बालकको व्यक्तिगत पूजा होइन, सामूहिक मङ्गल कामनासँग पनि जोडिएको छ ।

विभिन्न ठाउँबाट बालकहरूलाई बोलाएर सामूहिक रूपमा पूजा गर्नुको उद्देश्य समाजमा सुख, शान्ति र समृद्धिको कामना गर्नु तथा धार्मिक–सांस्कृतिक परम्परालाई निरन्तरता दिनु हो”, अध्यक्ष धाजुले भन्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan