Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै सुदूरपश्चिम विश्वविद्यालय

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार | (रासस)

महेन्द्रनगर, २ असोजः सुदूरपश्चिम विश्वविद्यालयले नौ सङ्कायका डिन नियुक्तका लागि खुला प्रतिस्पर्धामा सहभागिताका लागि आवेदन खुला गरेको छ ।

    कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयअन्तर्गत पदाधिकारी सिफारिस समितिले सूचना जारी गर्दै १० दिनभित्र नौ सङ्कायका लागि डिन, केन्द्रीय क्याम्पसका लागि प्रिन्सिपल तथा भाषा, साहित्य तथा संस्कृति केन्द्र र अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रका लागि निर्देशक पदका लागि आवेदन खुला गरेको छ ।

    विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्काय, शिक्षाशास्त्र सङ्काय, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि विज्ञान, कानुन, स्वास्थ्य विज्ञान र प्राकृतिक स्रोत व्यवस्थापन सङ्कायको डिनका लागि आवदेन खुला गरेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किशनदत्त भट्टले जानकारी दिनुभयो । उहाँले कार्यविधिका उल्लेखित आवश्यक कागजातसहित योग्य र इच्छुक उम्मेदवारबाट आवेदन माग गरिएको जानकारी दिनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan