Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिमालयको अस्तित्वबारे नेपालले विश्वव्यापी आवाज उठाउनुपर्छः पूर्वप्रधानमन्त्री नेपाल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार |

काठमाडौँ, ४ असोजः नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले हिमालयको अस्तित्वबारे नेपालले विश्वव्यापी रूपमा आवाज उठाउनुपर्ने बताउनुभएको छ ।

पार्टीनिकट केन्द्रीय मानवअधिकार विभागद्वारा आज आयोजित कार्यक्रममा उहाँले हिमाली विपद्, त्यसले उत्पन्न गरेको क्षति र नोक्सानीको जोखिम न्यूनीकरण गर्न जलवायु परिवर्तनका विषयलाई विश्वव्यापी रूपमा प्राथमिकताका स्थापित गर्नुपर्ने बताउनुभयो । 

उहाँले जलवायु परिवर्तनका कारण हिमालयमा जोखिम बढेको सन्दर्भमा नेपालले अन्तरराष्ट्रिय मञ्चमा आफ्नो आवाज अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले हिमालय क्षेत्र समृद्धिको आधार तथा प्राकृतिक पूर्वाधारका रूपमा रहेको भए पनि यसले ल्याउने सम्भावित विपद् तथा विनास न्यूनीकरण गर्नेगरी विश्वव्यापी सोचमा परिवर्तन आवश्यक रहेको बताउनुभयो । 

बदलिँदो हिमाली जोखिमका कारण भोटेकोशीमा विनासकारी बाढी आएको उल्लेख गर्नुभयो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ प्रभावित भएको उहाँको कथन थियो । उहाँले परम्परागत अनुगमन प्रणालीलाई सुदृढ बनाउँदै जोखिम न्यूनीकरण गर्नुपर्र्ने विचार व्यक्त गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan