Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अभियानः झापामा २१ हजार बढीलाई खोप

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार | रासस

भद्रपुर (झापा), ५ असोजः जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरोविरुद्धको खोप अभियानको पहिलो दिन झापामा २१ हजार ७४६ जनाले खोप लगाएका छन् ।

    स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार जिल्लाका नौ स्थानीय तहमा आजदेखि अभियान सुरु भएको हो । उहाँका अनुसार, पहिलो दिन खोप लगाउनेमा ३० देखि ६० वर्ष उमेर समूहका १५ हजार ९०५ जना र ६० वर्षमाथिका पाँच हजार ८४१ जना छन् ।

    जिल्लाका १५ वटै स्थानीय तहमा असोज १५ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत ३० वर्षमाथिका चार लाख ८५ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।

    प्रमुख दासले पहिलो दिनको खोप अभियान उत्साहजनक रूपमा अघि बढेको बताउनुभयो । लक्षित समूहका सबै नागरिकलाई खोपको पहुँचमा ल्याउने गरी स्थानीय तह र स्वास्थ्य संस्थासँगको समन्वयमा अभियानलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

    झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताउनुभयो ।

    जेईविरुद्धको खोप अभियानका लागि जिल्लाका १३१ वडामा ९०० खोप केन्द्र स्थापना गरी करिब ५०० स्वास्थ्यकर्मी, ६११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan