Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपिभी खोप

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |
newsabhiyan

बाँके, ६ असोजः बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइएको छ । 

यही असोज १ गतेदेखि सुरु भएको खोप जिल्लाका विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका १० वर्ष उमेर समूहका किशोरीलाई लगाइएको जिल्ला स्वाथ्य कार्यालयले जनाएको छ । 

जिल्लाका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका र डुडुवा गाउँपालिकामा खोप लगाइएको हो ।

जिल्लामा कक्षा ६ का चार हजार ३८० र विद्यालय बाहिरका १० वर्ष उमेर समूहका करिब पाँच हजार ६९१ किशोरीलाई खोप लगाउने लक्ष्य छ । स्वास्थ्य कार्यालयका खोप सम्पर्क व्यक्ति देव नारायण उपाध्यायले खोप अभियान प्रभावकारी रुपमा सञ्चालन भएको जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रदान गरिने एचपिभी खोपलाई सरकारले नियमित खोप कार्यक्रममा समावेश गरेको जानकारी दिँदै समन्वयकर्ता उपाध्यायले महिनावारी सुरु हुनुअघि एचपिभी खोप लगाउँदा प्रभावकारी हुने जानकारी दिनुभयो । 

एचपिभी खोपको पहुँच ९९ प्रतिशतभन्दा बढी लक्षित किशोरीमा पु¥याउन सके पाठेघरको मुखको क्यान्सर रोकथाममा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ । 

नेपालमा औसतमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरका कारण चार जना महिलाको मृत्यु हुने गरेको बताइएको छ । गत वर्ष बाँकेमा ३३ हजार ७५९ जनालाई सो खोप लगाइएको थियो । नेपालमा महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो धेरै देखिने र मृत्यु गराउने प्रमुख कारण  भएको बताइएको छ । 

उक्त खोपले ९५ प्रतिशतभन्दा बढी सुरक्षा प्रदान गर्ने विश्वास गरिएको छ ।  सरकारले नौदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी उक्त खोप अभियान सञ्चालन गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan