Wednesday 23rd of September | २०८३ असोज ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

कास्की, ६ असोज : भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराले भोटेकोशी बाढी प्रभावितको राहत तथा पुनःस्थापनाका लागि रु २४ लाख ३३ हजार ९५२ सहयोग गरेको छ । 

    गोरखा ब्रिगेडले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेर आज भौचर रकम कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गरेको हो । 

    रसुवा–भोटेकोशीमा गएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सो सहयोग गरिएको भारतीय भूतपूर्व सैनिक गोरखा ब्रिगेड नेपाल पोखराका अध्यक्ष कर्नेल कृष्णबहादुर खत्रीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार पोखरामा रहेका विभिन्न पल्टनका अध्यक्ष तथा प्रतिनिधिसँग छलफल गरी सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको थियो । अभियानमा सहभागी भूतपूर्व सैनिकले आफ्ना पल्टनका सदस्य, परिवारजन तथा शुभेच्छुकबाट रकम सङ्कलन गरेका थिए ।

    नेपालका विभिन्न स्थानमा रहेका भारतीय भूतपूर्व सैनिकले विपद्का समयमा सञ्चालन गर्दै आएको सहयोग अभियानअन्तर्गत हालसम्म रु दुई करोडभन्दा बढी रकम कोषमा जम्मा गरिसकेको गोरखा ब्रिगेड जनाएको छ । 

    अध्यक्ष खत्रीले विपद्का समयमा भारतीय भूतपूर्व सैनिक एकजुट भएर सरकार र नागरिकसँग हातेमालो गर्न सधैँ तयार रहेको बताउनुभयो । “देशलाई अप्ठ्यारो परेको समयमा हामी भारतीय भूतपूर्व सैनिक एकजुट भएर सहयोग गर्न सधैँ तत्पर छौँ । हाम्रो सानो योगदानले पनि विपद् प्रभावित नागरिकको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan