Tuesday 20th of October | २०८३ कार्तिक ४ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मालीमा सशस्त्र आक्रमणमा ५० जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ४ मंगलबार | बामाको, ३ कात्तिक (रासस/एएफपी) :

मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन् । आइतबार भएका आक्रमणमा मुख्यतः दौसहाक समुदायका बासिन्दालाई लक्षित गरिएको सुरक्षा अधिकारी तथा स्थानीय स्रोतहरूले बताएका छन् ।

    मोटरसाइकलमा आएका आक्रमणकारीले टिनाबो गाउँ र तगादायत क्षेत्रका शिविरमा गोली चलाउनुका साथै घरहरूमा आगो लगाएका थिए । दौसहाक समुदायको कार्यकारी ब्युरोले हत्यामा इस्लामिक स्टेट समूह संलग्न रहेको आरोप लगाएको छ । ब्युरोका अनुसार तगादायतमा ४८ जना सर्वसाधारण मारिएका छन् ।

    एक सुरक्षा स्रोतका अनुसार हालै गरिएको सैन्य कारबाही र अजवादको उद्धारका लागि सशस्त्र आन्दोलन (एमएसए) ले गरेको आक्रमणको बदलास्वरूप हिंसा भएको हो। दौसहाक समुदायबाटै उदाएको एमएसए मालीको सत्तारूढ सरकारसँग सम्बन्धित छ ।

    एक स्थानीय अधिकारीले महिला र वृद्धसहित ५० भन्दा बढीको मृत्यु भएको बताएका छन् । आक्रमणबाट विस्थापित भएका मानिसहरू मेनाका पुगेका छन् । दौसहाक समुदायको कार्यकारी ब्युरोले घटनालाई नरसंहार भन्दै निन्दा गरेको छ र विस्थापितका लागि तत्काल मानवीय सहायता उपलब्ध गराउन अपिल गरेको छ ।

    यसैबीच, मालीको सेनाले शनिबार मेनाकाबाट करिब ६५ किलोमिटर दक्षिणपश्चिममा सैन्य कारबाही गरी आतङ्कवादी तथा सैन्य उपकरण रहेको प्रमुख आधारमा आक्रमण गरेको जनाएको छ ।

    माली सन् २०१२ देखि जिहादी लडाकू, तुआरेग पृथकतावादी र आपराधिक समूहको हिंसाबाट प्रभावित छ । सन् २०२० र २०२१ का सैनिक विद्रोहपछि सत्तामा आएको सैनिक सरकारले रुसको सहयोग लिएको छ । वागनर समूहका अर्धसैनिक बल सन् २०२५ मा अफ्रिका कोरमा रूपान्तरण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan