शाहीको ‘एक मान्ठ एक देवता’ पुस्तक लोकार्पण
काठमाडौँ, ९ साउन : शिवराज शाहीको कथासङ्ग्रह ‘एक मान्ठ एक देवता’ पुस्तक लोकार्पण गरिएको छ । बुकहिल प्रकाशनद्वारा आज यहाँ आयोजित एक कार्यक्रमबीच सो पुस्तक लोर्कापण गरिएको हो ।
पूर्वमन्त्री माधव चौलागाईं, अभिनेत्री सुरक्षा पन्त, साहित्यकार नयनराज पाण्डे र कथाकार शाहीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । पूर्वमन्त्री चौलागाईंले पुस्तकमा कर्णालीका कथा र वेदनालाई समेटिएको बताउनुभयो ।
अभिनेत्री सुरक्षा पन्तले ११ वटा कक्षा समेटिएको पुस्तकमा कर्णालीका विषय समेटिएको बताउँदै ११ वटै कथामा सिनेमा बनाउन सकिने बताउनुभयो । साहित्यकार नयनराज पाण्डेले नयाँ पुस्ताका लेखकका कृतिमा कर्णालीको विषयवस्तुलाई गहन ढङ्गले समेटिएको बताउनुभयो । लेखक शाहीले कर्णालीका आवाजलाई समावेश गरेर पुस्तक सार्वजनिक गरिएको बताउनुभयो ।
