एमाले नेतृत्व परिवर्तनको रणनीति, कांग्रेसलाई चुनावमा पहिलो शक्ति बनाउने अध्यक्षको लक्ष्य
काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले संविधानतः पार्टीभित्र कुनै पनि समस्या नरहेको दाबी गरेका छन् ।
कांग्रेसमा कुनै आन्तरिक द्वन्द्व नरहेको र सिङ्गो पार्टीको ध्यान अब आगामी महाधिवेशनमा केन्द्रित भइसकेको उनले बताए ।
विशेष महाधिवेशनको प्रसङ्ग उल्लेख गर्दै उनले वृद्धाश्रम र आर्यघाट पुगुन्जेलसम्म पद ओगटिरहनुपर्छ भन्ने परिपाटी र सोचलाई कांग्रेसले चिरेको दाबी गरे ।
'गगन थापाको नेतृत्वमा रहेको कांग्रेस बाहेक अर्काे कुनै कांग्रेस छैन', रसाइलीले भने, 'यदि कसैले त्योभन्दा बाहिर अर्काे कांग्रेसको कुरा गर्छ भने त्यो नेपाली कांग्रेसको विधानको मात्र नभई निर्वाचन आयोग र सर्वोच्च अदालतको समेत अवहेलना हो ।'
उनले आगामी निर्वाचनमा कांग्रेसलाई पुनः पहिलो पार्टी बनाउने दृढता व्यक्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आक्रामक बनेका सहमहामन्त्री रसाइलीले रास्वपा कामले नभई अरूको आलोचना गरेर स्थापित भएको पार्टी भएको आरोप लगाए ।
हालैको बाढीपहिरोपछि सिर्जित विषम परिस्थितिमा सरकारको भूमिकालाई लिएर उनले कडा आलोचना गरे । 'अहिले बाढीपीडितहरूको अवस्था अत्यन्तै दर्दनाक छ, तर बालेन नेतृत्वको सरकार कहाँ छ ?'
उनले प्रश्न गरे, 'प्रतिपक्षी दलहरू पूर्ण रूपमा साथ र सहयोग दिन तयार हुँदाहुँदै पनि यस्तो सङ्कटको बेला सर्वदलीय बैठकसम्म बोलाउन आवश्यक ठानिएन ।'
उनले सरकारको पूर्वतयारी र विपद् व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै थपे, 'बाढी आउनुपूर्व सरकारले आम नागरिकलाई समयमै र प्रभावकारी रूपमा सूचना दिन सकेन । सुरुङ दुर्घटनाका बेला विदेशबाट दक्ष टोली ल्याएर समयमै उद्धार कार्य गरिएको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो ।'
सरकार विपद्को समयमा सर्वसाधारणको उद्धार र राहतमा पूर्णरूपमा असफल अहिलेको रास्वपा सहभागी सरकारको ठाउँमा कांग्रेस –एमालेको सरकार भएको भए बालेन र रविले सामाजिक सञ्जालमा कस्ता स्टाटस लेख्थे होला ?' यसैबीच, नेता रसाइलीले बालेन सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन् ।
प्रतिपक्षको पूर्ण सहयोग हुँदा पनि प्रधानमन्त्री बालेनले विपद्का बेला समेत सर्वदलीय बैठक नराखेर ठूलो कमजोरी गरेको उल्लेख गरे । नेकपा एमालेका नेता कृष्ण केसीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाएरै छाड्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र एमालेजस्ता ऐतिहासिक विरासत बोकेका दलहरू आन्तरिक विवादमै रुमल्लिँदा देश र जनताका पक्षमा प्रभावकारी भूमिका खेल्न नसकेको बताए ।
आन्तरिक लोकतन्त्रको सुदृढीकरणमा प्रमुख दलहरू चुक्दा बाढीपहिरो पीडितको उद्धार र राहतमा समेत स्थापित राजनीतिक दलहरूको ध्यान पुग्न नसकेको उनले टिप्पणी गरे ।
कूटनीतिक क्षेत्रमा सरकार पूर्णरूपमा असक्षम साबित भएको आरोप लगाउँदै केसीले भने, 'संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालले महत्वपूर्ण भूमिका खेल्दै आएको इतिहास छ ।
विश्वका ठूला शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा चलिरहेका बेला स्वीट्जरल्यान्डले जस्तै नेपाल जस्ता साना देशहरूले असंलग्न र सन्तुलित भूमिका खेल्नुपर्ने हुन्छ, तर वर्तमान सरकार आएपछि नेपाल कूटनीतिक रूपमा चुकेको खबर राष्ट्रवाणीमा उल्लेख छ ।
नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण रोकिनुलाई पनि सरकारको कूटनीतिक कमजोरीका रूपमा अथ्र्याए । साथै ब्रिक्स सम्मेलनमा नेपालको उपस्थिति हुन नसक्नुले कूटनीतिक विफलता उजागर गरेको उनको भनाइ थियो ।
राष्ट्र संघमा प्रधानमन्त्री बालेनले वातावरण परिवर्तनका कारण नेपालले भोग्नुपरेको हालैको विनाशबापत क्षतिपूर्ति माग्नुपर्नेमा जोड दिए । सरकारको शैलीप्रति कडा आपत्ति जनाउँदै उनले आलोचना गर्नेहरूको मुख थुन्ने काम भइरहेको आरोप लगाए ।
व्यवसायी दुर्गा प्रसाईंमाथि भएको धरपकडको विरोध गर्दै उनले सरकार मिडियार आलोचकहरूप्रति पूर्वाग्रही बनेको दाबी गरे । 'सरकारको यस्तै रवैया कायम रहे देशमा अर्काे राजनीतिक वा सामाजिक आँधीबेहरी आउन सक्छ,' उनले चेतावनी दिए ।
बजारमा कालोबजारी र मूल्यवृद्धि अनियन्त्रित बनेको उल्लेख गर्दै केसीले मन्त्री फेरेर मात्रै समस्याको समाधान नहुने स्पष्ट पारे । उनले मन्त्री परिवर्तनभन्दा पनि सरकारको नीति नै पूर्ण रूपमा परिवर्तन हुनुपर्नेमा जोड दिए ।
