Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, राष्ट्रपति पौडेलदेखि प्रधानमन्त्री शाहसम्मको उपस्थिति

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३ शनिबार |

काठमाडौं । नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ।

दिवसको अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख तथा उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको छ।

संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रूपमा स्मरण गर्दै आयोजना गरिएको समारोहमा राज्यका विभिन्न निकायका प्रमुख, सुरक्षा निकायका उच्च अधिकारी तथा विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ।

देशभर पनि संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan