राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |
काठमाडौँ, ४ असोजः समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बिहान ११ः०० बजे हुने भएको छ ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने रास्वपाका प्रवक्ता जगदीश खरेलले राससलाई जानकारी दिनुभयो ।
