Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘भ्रष्टाचारीलाई जेल हाल्छु’ भन्नेहरू आज एउटै टेबलमा ! ज्ञानेन्द्र शाहीको कटाक्ष

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |
newsabhiyan

काठमाडौं, ४ असोज ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ज्ञानेन्द्र शाहीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर सत्तारूढ तथा प्रमुख राजनीतिक शक्तिहरूमाथि तीखो टिप्पणी गरेका छन्।

शाहीले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटाले ‘नयाँ नेपाल बनाउँछु’ भन्यो—१७ हजार मान्छे मरे, दस वर्ष देश द्वन्द्वमा धकेलियो, देशका भौतिक संरचना ध्वस्त भए।

विगतका राजनीतिक आन्दोलन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनका नाममा गरिएका प्रतिबद्धतामाथि प्रश्न उठाउँदै नेताहरूको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले एक पक्षले ‘नयाँ नेपाल बनाउँछु’ भन्दै देशलाई लामो द्वन्द्वमा धकेलेको, ठूलो मानवीय क्षति भएको र भौतिक संरचनामा क्षति पुगेको दाबी गरेका छन्।

त्यसैगरी अर्को पक्षले ‘भ्रष्टाचारीलाई जेल हाल्छु’ र ‘संविधान संशोधन गर्छु’ भन्ने नारासहित अघि बढे पनि त्यसको परिणाम जनअपेक्षाअनुसार नआएको उनको टिप्पणी छ।

शाहीले भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनका प्रतिबद्धता पूरा नभएको भन्दै राजनीतिक नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनले विगतमा एकअर्कामाथि आरोप लगाउने राजनीतिक शक्तिहरू अहिले सत्ताको केन्द्रमा सहकार्य गरिरहेको भन्दै त्यसलाई व्यंग्य गरेका हुन्।

फेसबुक स्टाटसमा शाहीले लेखेका छन्—एउटाले ‘नयाँ नेपाल बनाउँछु’ भन्यो—१७ हजार मान्छे मरे, दस वर्ष देश द्वन्द्वमा धकेलियो, देशका भौतिक संरचना ध्वस्त भए। आज ८० लाखभन्दा बढी नेपाली विदेशमा काम गर्न बाध्य छन्।

अर्काले ‘भ्रष्टाचारीलाई जेल हाल्छु, संविधान संशोधन गर्छु’ भन्यो—७६ जना जेन्जी युवाको ज्यान गयो। देश खरानी भयो।

तर आज न भ्रष्टाचारी जेल परे, न संविधान संशोधन भयो।

बरु भ्रष्टाचारीहरू र ‘भ्रष्टाचारीलाई कारबाही गर्छु’ भन्दै देश खरानी बनाउनेहरू आज शीतल निवासमा एउटै टेबलमा बसेर मजा लिइरहेका छन्।

सत्य तीतो हुन्छ, यथार्थ यही हो। शाहीको उक्त अभिव्यक्ति राजनीतिक टिप्पणीका रूपमा आएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan