Monday 21st of September | २०८३ असोज ५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै हेटौँडाका साइकल यात्री लमजुङमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ५ सोमबार | रासस

बागमती, ५ असोजः साइक्लिङका माध्यमबाट स्वास्थ्य, पर्यटन र पर्यावरणमा जोड दिँदै आइरहेको हिमालय राइडर्स सोसाइटी, हेटौँडाको टोलीले आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ लमजुङको घलेगाउँसम्मको प्रवद्र्धनात्मक यात्रा गरेको छ ।
    
    लमजुङ साइक्लिङ सङ्घद्वारा आयोजित प्रथम टुर दी लमजुङ कार्यक्रममा हिमालयन राइडर्स सोसाइटीका तर्फबाट ५० जना साइकल यात्री सहभागी रहेको सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट कुल ४७५ साइकल यात्री सहभागी भएको जानकारी दिँदै उहाँले देशभरका साइकलयात्रीलाई हेटौँडा  र वरपरका पर्यटकीय गन्तव्यबारे जानकारी गराउँदै घुम्न आउन आग्रह गरिएको बताउनुभयो ।

    प्रवद्र्धनात्मक भ्रमणका क्रममा लमजुङको सदरमुकाम बेँसीसहरसहित त्यस क्षेत्रका घलेगाउँ, हामखोल झरनालगायत पर्यटकीय गन्तव्यको स्थलगत अवलोकन भ्रमण गरिएको उहाँले बताउनुभयो ।

    विसं २०७८ देखि संस्थागत रुपमा काम गरिरहेको सोसाइटीले यसअघि रसुवागढीदेखि ठोरीसम्म ४०० किलोमिटरको साइकल यात्रा गरेको थियो । त्यस्तै, संस्थाका तर्फबाट मेची–महाकाली साइकल यात्रासँगै एसियाकै सबैभन्दा बढी बलि चढाइने गढीमाई मन्दिर, धरानको चतराधाम, चितवनको सोमेश्वरगढीलगायत धार्मिक पर्यटन गन्तव्यको प्रवद्र्धन गरिसकिएको छ । सोसाइटीका तर्फबाट अघिल्लो वर्ष ४६ जनाको टोलीले टुर दी पोखरा कार्यक्रममा सहभागिता जनाएको थियो ।

    उक्त संस्थाले हेटौँडा र आसपासका हटिया जुरेथुमस्थित एसियाकै अग्लो मानिने ४२ फिट अग्लो कृष्णमूर्ति, हर्नामाडीको खुल्ला मूर्ति सङ्ग्रहालय, चुरिया माई, मनकामना डाँडा, सुकौलीलगायत विभिन्न प्राकृतिक, धार्मिक एवम् ऐतिहासिकस्थलहरूको निरन्तर पर्यटन प्रवद्र्धन गरिरहेको उहाँले जानकारी दिनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan