नवरात्रः कात्यायनीको पूजा सम्पन्न
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३० शुक्रबार |
काठमाडौँ, ३० असोजः नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजार्चना गरिएको छ ।
दशैँघरमा दुर्गा सप्तशती, देवीभागवतलगायत पाठ गरिन्छ । नवरात्रमा अवसरमा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

