Monday 19th of October | २०८३ कार्तिक ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेल्फीडाँडामा दुर्घटना तीन जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार |

काभ्रे । काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा उक्त दुर्घटना भएको हो।
 
इलामबाट काठमाडौँतर्फ आइरहेको गरेको बा ३ ख ८३५९ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो। दुर्घटनालगत्तै भकुण्डेबेँसीबाट खटिएको नेपाली सेनाको टोलीले नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायहरूसँगको समन्वयमा घाइतेहरूको उद्धार गरेको थियो। 

घाइतेहरूलाई मेथिनकोट अस्पतालको एम्बुलेन्समार्फत थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। रातको समय र अप्ठ्यारो भौगोलिक अवस्थाका कारण उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाली सेनाले थर्मल ड्रोनको समेत प्रयोग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan