Saturday 17th of October | २०८३ कार्तिक १ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आरुघाटमा बेलीब्रिज जडान गरिँदै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १ शनिबार | (रासस)

गोरखा, ३० असोज ः  नेपाली सेना र गोरखा सडक योजनाले धमाधम संयुक्त रुपमा आरुघाटमा बेलीब्रिज जडान गर्ने काम सुरुआत गरेका छन् । गत आइतबार बूढीगण्डकीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको पुलको केही भाग  बगाएको थियो । दसैँअघि नैअस्थायी यातायात सेवा सुचारु गर्न बेलीब्रिज निर्माण गर्न थालिएको हो । गोरखा र धादिङ जोड्ने सो पुललाई दसैँअघि नै सञ्चालन गर्नेगरी बेलीब्रिज को काम भइरहेको गोरखा सडक योजना कार्यालयले जनाएको छ ।

आरुघाटको मोटरेबल पुल बाढीले बगाएपछि आरुघाट बजार र पृथ्वीराजमार्ग बीच आवागमन अवरुद्ध भएको थियो । सो सडकमा सवारी साधन नचल्दा दसैका बेला उत्तरी गोरखा आवतजावत  प्रभावित बनेको थियो ।

पुलजीप लगायत प्राविधिक काम गोरखा सडक योजना कार्यालय र बेलीब्रिजको डेक जोड्ने काम नेपाली सेनाले गरेको हो । “आजसम्म हामी पुलको दुवैतर्फको जीप तयार गरिसक्छौँ । भोलिदेखि नेपाली सेनाले डेक सेटिङको काम सुरुआत गर्छन्”, गोरखा सडक योजना कार्यालयका प्रमुख विनोद पुनले भन्नुभयो, “सेनाले दुई दिनमा काम सम्पन्न गर्छौँ भनेको छ । दशैँअघि नै त्यहाँ गाडी चल्छ । ” 

गत आइतबार बूढीगण्डकीको सहायक खोला उङ्गिलुङ पहिरोले थुनिएर एक्कासी आएको बाढीले धादिङ र गोरखा जोड्ने सो पुलको गोरखातर्फको भाग बगाएको थियो । “बगेको भागमा तत्काल सवारी चलाउन अहिले २२ मिटर लम्बाइ र चार मिटर चौडाइ भएको बेलिब्रिज जोडिन्छ”, कार्यालय प्रमुख पुनले भन्नुभयो, “दसैँअघि सवारी सञ्चलन गर्न मिल्ने गरी रातदिन नभनी काम भइरहेको छ । ” राती पनि काम नरोकिएको उहाँले बताउनुभयो । उत्तरी गोरखाको आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकालाई पृथ्वीराजमार्गसंग जोड्ने सो पुल २०७० सालमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan