Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण ११ सोमबार | (रासस)

सुदूरपश्चिम, ११ साउनः कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि औषधि लिन अस्वीकार गरेपछि थप समस्या भएको छ । 

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेकामा सुगरको मात्र बढाउने औषधि÷स्लाइन लिनुपर्ने भए पनि डा केसीले अस्वीकार गरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार उहाँको रक्तचाप ९०÷६० एमएमएचजी रहेको छ भने रगतमा चिनीको मात्रा न्यून अर्थात् ४२ मिलिग्राम प्रतिडेसिलिटरमा झरेको छ, जसलाई चिकित्सकीय भाषामा ‘हाइपोग्लाइसेमिया’ भनिन्छ । यस्तै, पिसाबमा किटोन बडी देखिएको र रगतमा एसिडोसिससमेत देखापरेको अस्पतालले जनाएको छ ।

डा केसीलाई चक्कर लाग्ने, मांसपेशी बाउडिने (मसल क्र्याम्प्स) तथा कमजोरीका कारण बोल्नसमेत असहज हुने समस्या देखिएको विज्ञप्तिमा उल्लेख छ । अस्पतालका चिकित्सकहरूको नेतृत्वमा गठित चार सदस्यीय उपचार टोलीले उहाँको स्वास्थ्य अवस्थाको २४ सै घण्टा निगरानी गरिरहेको जनाइएको छ । लामो समयदेखि मधुमेहको समस्या रहेको र बढ्दो उमेरका कारण पनि उहाँको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको अस्पतालले उल्लेख गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan