Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |

काठमाडौँ, २ असोजः बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली याक्सले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

चौबीस वर्षीय अली सन् २०२० मा बङ्गलादेशले पहिलोपटक जितेको आइसिसी यु–१९ विश्वकप विजेता टोलीका कप्तान हुन् । दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले पराजित गर्दै बङ्गलादेशले उपाधि जित्दा अकबरले अविजित ४३ रन बनाएका थिए । उक्त खेलमा उनी ‘प्लेयर अफ द म्याच’समेत घोषित भएका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan