Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आयोजक आरम्भ टिम च्याम्पियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |

आयोजक आरम्भ संस्कार विद्यालयले प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा आरम्भ ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ टिम च्याम्पियन बन्यो ।

प्रतियोगिताको अन्तिम दिन ४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । यु–१६ ब्वाइज सिंगल्समा एरभेष्टका आर्यन शाहीले स्वर्ण जिते । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा आर्यनले भासराका रिजन शाक्यलाई १०–११, ११–९, ११–७ र ११–६ को सेटमा पराजित गरे । आरम्भका निश्चल थापा र प्राइम ग्लोबलका सुगम पौडेल तेश्रो भए ।

यु–१४ ब्वाइज सिंगल्समा डिएभीका रिभानमुनि वज्राचार्य पहिलो भए । उनले फाइनलमा प्रोक्सिमा इन्टरनेसनल एकेडेमीका नयन ललुवालाई १३–११, ११–६ र १२–१० को सोझो सेटमा हराए । आरम्भका विनम्र घिमिरे र गोल्डेन सिद्धार्थका मिराज तामाङ तेश्रो बने ।

सोही स्पर्धाको गल्र्समा आरम्भकी प्राज्ना महर्जन च्याम्पियन बनिन् । प्राज्नाले फाइनलमा प्रभातकी उरवी सुवाललाई ११–६, ४–११, ११–७ र ११–८ ले पाखा लगाइन् । आरम्भकी यमिला श्रेष्ठ र स्वस्तिश्री गुरुकुलकी आरोही गुरुङले कांस्य जिते ।

यु–१२ ब्वाइज सिंगल्समा आरम्भका कृतन श्रेष्ठले बाजी मारे । उनले फाइनलमा बृहस्पति विद्या सदनका शिभान्स कार्कीमाथि ११–४, २०–१८ र ११–५ को जित रचे । प्रोक्सिमाका अर्वित गैजु र प्रभातका श्रृयान लाखे तेश्रो भए ।
यसअघि यु–१० सिंगल्सको ब्वाइजमा बृहस्पतिका रियान्स श्रेष्ठ र गल्र्समा स्वस्तिश्रीकी सुरभी गुरुङ, यु–१२ गल्र्स सिंगल्समा ग्लोरियाकी आराध्य विष्ट र यु–१६ गल्र्स सिंगल्समा सेन्ट मेरिजकी सुरम्य शाक्यले स्वर्ण जितेका थिए । टिम इभेन्टको ब्वाइजमा डिएभी तथा गल्र्समा आरम्भ पहिलो भएका थिए ।

विजेतालाई अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक राजेश्वरमान स्थापित, आरम्भका प्रधानाध्यापक नरेशप्रसाद श्रेष्ठ, आरम्भका भाइस प्रिन्सिपल दिनेश श्रेष्ठ, अखिल नेपाल टेबलटेनिस संघका उपाध्यक्ष पूर्णशंकर श्रेष्ठ र महासचिव कुवेरप्रकाश सिंहलगायतले पुरस्कृत गरे ।

तीनदिने प्रतियोगितामा विभिन्न ४६ विद्यालयका २ सय ६ ब्वाइज र १ सय ५१ गल्र्स गरी जम्मा ३ सय ५७ खेलाडीले विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । हरेक सिंगल्स स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ६ हजार, ३ हजार र १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan