Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जोन डेवी कप भोलिदेखि

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३ शनिबार |

जोन डेवी स्कुलको आयोजनामा दोश्रो जोन डेवी कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ ।

प्रतियोगिताअन्तर्गत बास्केटबलको ब्वाइज र गल्र्समा समान १६–१६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने जोन डेवीकी प्रिन्सिपल उर्वसी सुब्बाले जनाएकी छन् । ब्वाइजमा हेम्स र गल्र्समा बौद्ध चिल्ड्रेन हेभेन स्कुल डिफन्डिङ च्याम्पियन हुन् ।

फुटसलको यु–१२ ब्वाइजमा १६, यु–१६ ब्वाइजमा १५ र यु–१६ गल्र्समा ९ टिमले भाग लिने छन् । फुटसल पनि लिग कम नकआउट पद्धतिमा खेलाइने छ । असोज १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु चक्रपथस्थित आयोजककै हातामा हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan