Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

संगीना पहिलो महिला निर्देशक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |
newsabhiyan

काठमाडौं असोज २ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नायब वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिइएको छ । तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाउने संगीना पहिलो महिला हुन् ।

संगीना आठौं र नवौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) की स्वर्ण विजेता हुन् । तेक्वान्दोकी सफल खेलाडी मध्येकी एक संगीनाले १९९६ मा अस्ट्रेलियाको मेलबर्नमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण जितेकी थिइन् ।

संगीना छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन् । संगीनाले ग्रिसको एथेन्समा सन् २००४ मा भएको ओलम्पिक छनोट चरण पार गरेर खेलेकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan