Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, ४ असोजः प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल लिगल कोअपरेशन, २०२६’ मा सहभागी हुन आज चीन प्रस्थान गर्नुभएको छ । 

चीन कानुन समाजद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ चीनको ग्वान्झाउ प्रस्थान गर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रधान्यायाधीश शर्मा नेतृत्वको भ्रमण दलमा धर्मपत्नी उमा शर्मा, मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी हुनुहुन्छ । प्रधानन्यायाधीश शर्मा यही असोज ८ गते स्वदेश फर्किनुहुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan