Rato Machhindranath Jatra 2073
न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ १० सोमबार | २६२५ पटक हेरिएको
काठमाण्डौ उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मछिन्द्रनाथको जात्रा हो । वैशाख शुक्लपूर्णमाबाट सुरु भएर असार चौथी सम्म चल्ने हो जात्रा जावलाखेल पु¥याएर भोटो देखाएपछि समाप्त हुने गर्दछ ।
करिब ६०० वर्ष देखी चल्दै आयएको यो जात्राको भोटो देखाउने दिनको प्रमुख अतिथि लिच्छवीकालको राजा नरेन्द्र देवको पाला देखी राष्ट्र प्रमुख हुने चलन आजसम्म पनि यथावत रहेको छ ।
प्रत्येक १२ वर्षमा रथलाई तानेर बुङ्गमति लाने गर्दछ जसलाई १२ वर्षे मेला पनि भन्ने चलन छ ।
यो जात्रा ह्रिन्दु र बौद्ध दुबै धर्मलम्बीहरुले मान्ने गर्दछ र यसलाई पानीको देवता भन्ने चलन पनि छ ।
