Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको पहिलो निर्वाचनमा सिंहदरबारमा यस्तो देखियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ जेठ २४ सोमबार | २१४७ पटक हेरिएको

काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन बुधबार राजधानी लगायत देशभर सुरु भएको छ।

राजनीतिक दलै पिच्छेका ट्रेड युनियन रहेका बेला उत्पन्न हुने विसंगतिलाई नियन्त्रण गर्न सरकारले पहिलो पटक निजामति कर्मचारीको आधिकारक ट्रेड युनियनको निर्वाचन गर्न लागेको हो ।

बुधबार बिहान ९ बजे देखि सुरु भएको ट्रेड युनियनको निर्वाचनमा सबै सरकारी कार्यालयका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३ सय २९ निजामती कर्मचारीले मतदान गरिरहेका छन्।

कर्मचारीहरु बिहानै देखि मतदान केन्द्रमा भेला भएर मतदानका लागि लामवद्ध भएको भिडियोमा देख्न सकिन्छ ।

सरकारले नै १ केन्द्रीय , ४२ वटा विभागीय र ७५ वटा जिल्ला कार्यसमितिको निर्वाचन गर्न लागेको  हो ।

निर्वाचनमा भाग लिएका संगठनले प्राप्त गरेको मतका आधारमा पदाधिकारी र सदस्य पद पाउने भएकाले बिभिन्नदलसगँ आबद्ध संगठनहरु निकै भिडेका छन् । 

सबै भन्दा धेरै मत ल्याउनेले केन्द्रीय कार्यसमितिमा अध्यक्ष र कोषाध्यक्ष पाउनेछ।

त्यसैगरी दोस्रोले महासचिव, तेस्रोले उपाध्यक्ष र चौथोले सचिव पाउनेछन्।

७५ जिल्ला र ४२ विभाग गरी १ सय १७ वटा निकायका १ सय २९ मतदान केन्द्रमा  निर्वाचन भइरहेको छ ।
निर्वाचनका लागि सरकारले ६ करोड रुपैया खर्च छुट्याउनुको साथै बुधबार आज निजामति कर्मचारीलाई विदा नै दिएको छ ।  

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan