खुल्लामन्चमा प्रधानमन्त्रीको श्राद्ध (भिडियो सहित)
प्रधानमन्त्री समेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरुका नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको भन्दै बर्दिया स्थायी घर भएका हाल हेटौंडा बस्ने राकेश कुमार शर्माले आज श्राद्ध गरेका छन् ।
उनले प्रधानमन्त्री समेत मन्त्रीमण्डल, सांसद र राजनीतिक दलहरुका नेताहरुको नाममा आज काठमाण्डौको खुल्ला मन्चमा श्राद्ध गरेका हुन् । संबिधानले सबैलाई नसमेटेको भन्दै उनले बिरोध स्वरुप कालो कपडा लगाएर श्राद्ध सम्पन्न गरेका हसन् ।
लिखितम सम्झौताहरुको पालना नै नगर्ने हो भने राजनीतिक दलहरुका शीर्ष तहका नेताहरुले बाह्र बुँदे देखि लिएर सोह्र बुँदेसम्म आदि आदि जस्ता विभिन्न प्रकारको लिखितम सम्झौताहरु किन गरेका ? संविधान निर्माण पश्चात पनि मुलुकमा आन्दोलनरत दलहरुलाई नेपाल सरकार र शीर्ष नेताहरुले समेट्न नसकेको, द्वन्द्वको अन्त्य गर्न नसकेको र मुलुकलाई निकास दिन नसकेकोले तथा नेपालको राष्ट्रिय अखण्डता, एकता, सार्वभौमसत्ता र स्वाधिनतालाई नेताहरु र सभासद (सांसद) हरुबाट धरापमा पार्ने÷पारेर, अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएकोले र पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाईएको विरुद्धमा प्रधानमन्त्री समेत मन्त्रीमण्डल, नेताहरु तथा पहिलो र दोश्रो संविधानसभाका सांसद (सभासद) हरुको श्राद्ध गर्न लागिएको हो ।
मुलुकको हित र रक्षाका लागि श्री ५ पृथ्वीनारायण शाह, श्री ५ महेन्द्र र जंग बहादुर राणा आदि आदि जस्ता राष्ट्रवादी नयाँ शक्तिको आवश्यकता रहेको छ । हाम्रो मुलुकमा बाबुराम भट्टराईको नयाँ शक्तिको आवश्यकता छैन ।
विक्रम सम्वत् २०७२ साल असोज ३ गते जारी भएको संविधान हात्ती आयो हात्ती आयो फुस्सा भने जस्तै हो । संविधान आएपछि मुलुकले निकास पाउला भनेको त, मुलुकमा अस्थिरता झन बढ्दै गयो । मुलुकमा वार्ताबाट क्षणिक समाधान भए पनि यो संविधान रहुन्जेलसम्म दिर्घकालिन समस्या समाधान हुँदैन । मुलुकमा अस्थिरता भने रहि नै रहन्छ । काँग्रेस, एमाले र माओवादी तीन दलका नेताहरुले तराईका बिजय गच्छदार, उपेन्द्र यादव, राजेन्द्र महतो र महन्थ ठाकुर आदि आदि जस्ता सभासदहरुलाई संविधान निर्माणमा समेट्न नसकेको कारण संविधान सभा नै बहिष्कार गरेर बाहिर बसेका सभासदहरुको संविधान निर्माणमा कुनै पनि योगदान र भूमिका नरहेकोले यो समस्या झन जटिल बनेको हो । संविधान सभा निर्वाचन नै बहिष्कार गरेका दलहरु पनि बाँकी नै छन् । यसकारण यो संविधान रहुन्जेलसम्म नै सदाका लागि समस्याहरु जटिल नै भईरहने छ । राजनीतिक दलहरुका नेताहरुको भनाइ अनुसार संविधान, संविधान (मुलुकको ऐन, कानुन र नियम) नभई दस्तावेज हो । यदि संविधान दस्तावेज हो भने पुरुषलाई महिला र महिलालाई पुरुष भन्न मिल्छ र ?
दोस्रो संविधान सभामा काँग्रेस, एमाले, एकिकृत माओवादी र फोरम लोकतान्त्रिकबिच भएको सोह्र बुँदे सहमतिको आधारमा संविधान ल्याउने सहमति भएको थियो । सर्वप्रथम त फोरम लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले संविधान सभा बहिष्कार गर्नाले आधा सहमति भाँडियो र भंग भएको हो । काँग्रेस सभापति सुशिल कोइरालाले २०७२ साल असोज २३ गते प्रधानमन्त्री पदमा उम्मेद्वारी दिए पछिको निर्वाचन सँगै पुर्ण रुपले सहमति भत्केको र भाँडिएको छ ।
तीन दलका नेताहरुले संविधान जारी गर्नुभन्दा पहिले संविधान सभा बहिष्कार गरेका सभासदहरुलाई संविधान निर्माणमा सहभागी गराउन नसकेको किन ? संविधान सभा नै बहिष्टकार गरेका सभासदहरुको संविधान निर्माणमा योगदान र भूमिका के ? त्यसकारण यो संविधान दिर्घकालिन सम्म टिकाउ संविधान होइन । अन्त्यमा यो संविधान फेल भएर जानेछ ।
०६२÷०६३ को जनआन्दोलनमा निरकुंश राजतन्त्र हटाउनेको नाममा नेताहरुले अर्बों–खर्बों डलर खाएर जनताहरुको नाम लिएर÷भजाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्म निरपेक्षता लादे । नेपालमा ०६२।०६३ को आन्दोलन पश्चात आजसम्म छाडातन्त्र, मनपरीतन्त्र र फटाहतन्त्र आदि आदि जस्ता विकृतिहरु मात्र देखिएको छ ।
दोस्रो संविधान सभाको संविधानमा आम नेपाली नागरिकहरुको राय र सुझावहरु समेत समावेश हुँदैन भने, जिल्लाहरुमा सभासदहरुले मस्यौदाका नाममा राय र सुझावहरु संकलन राज्यकोष ढुकुटी दुरुपयोग गर्ने नाटक मात्र हो । जस्तै ः हिन्दु राष्ट्र हुनुपर्छको पक्षमा अधिकांश राय र सुझावहरु संकलन भएको थियो । आम नेपाली नागरिकहरुको बोलीको के कदर । ...
