उपत्यका लगायत मुलुक भर भारी बर्षा , बर्षा केहि दिन अझै लम्बिने (भिडियो तस्विर सहित)
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार १७ शुक्रबार | २१५७ पटक हेरिएको
पछिल्ला केहि दिन देखि आएको बर्षाले आज पनि निरन्तरता पाएको छ ।
बर्षा अझै केहि दिन लम्बिन सक्ने बिज्ञहरुले बताएका छन् ।
यस पटक समयमै बर्षा सुरु भएको छ । उपत्यका लगायत मुलुकको विभिन्न स्थानमा भएको भारी बर्षाले ल्याएको पहिरोबाट जनजिवन समेत प्रभावित भएको छ ।
बर्षाले चिसो समेत बढे पछि मुलुकभरको जनजिवन कष्टकर बनेको छ ।
उपत्यका लगायत मुलुक भरका धेरै स्थानमा आज पनि बर्षा भइरहेको जलवायु तथा मौसम पुर्वअनुमान माहाशाखाले जनाएको छ ।
उपत्यका लगायतका स्थानहरुमा आकास बादलले ढाक्ने र मेघगर्जन सहितको वर्षा पनि भइरहने अनुमान रहेको छ ।
