Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नोजा सिन्धुली शाखाको उदघाटन केन्द्रीय महासचिव सागर श्रेष्ठबाट (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असार २८ मंगलबार | २५०२ पटक हेरिएको

राष्ट्रिय अनलाईन पत्रकार संघ सिन्धुली जिल्लाको प्रथम जिल्ला अधिवेशनले विक्रम रत्नको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको छ ।

राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रिय महासचिव सागर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्ष नारायण प्रसाद अधिकारी, महासचिव सुजता लामा र सचिव शंकर पहाडी (गौरव) चयन गरेको हो । त्यसै गरि संघको सहसचिवमा सरला सुनुवार, कोषाध्यक्षमा दिलिप पहाडी चयन भएका छन् भने सदस्यहरुमा नवराज श्रेष्ठ, राधिका बुढाथोकी र रुपेश तामाङ रहेका छन् ।

सम्मेलनले अन्य सदस्यहरुमा बलविर भुजेल, अविनाश थापा, सञ्जय बर्मा, जिवी पाख्रीन र कृष्ण पहाडीलाई चयन गरेको हो । संघको पहिलो बैठकले बाँकी एक सदस्य पछि मनोनयन गर्ने नवगठित संघका अध्यक्ष विक्रम रत्नले बताए ।

नवनिर्मीत संघका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै केन्द्रिय महासचिव श्रेष्ठले अनलाइन पत्रकारीता मर्यादीत र व्यवसायीक हुनुपर्नेमा जोड दिंदै देशका अन्य जिल्लाहरुमा पनि चाडै कमीटी गठन गर्ने बताए । त्यसैगरि नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष द्धारिका काफ्लेले अनलाईन पत्रकारीता विकासका लागि सबै संगठीत भएर लाग्नु पर्नेमा जोड दिए ।

त्यसैगरि जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत हरि प्रसाद दाहालले पत्रकारीता जगतले समाजमा भएका विकृती, विसंगती र भ्रष्टचार जस्ता विषयहरु समाधान गर्नका निम्ती निरन्तर कलम चलाई रहनुपर्ने तर सत्य र तथ्य के हो त्यो मर्न र मार्न नहुने बताए ।

कार्यक्रममा प्रेस सोसाइटी नेपालका केन्द्रीय सदस्य फणीन्द्र फुयालले व्यवसायीक पत्रकार जन्माउनका लागि क्याम्पसहरुले आम सञ्चार तथा पत्रकारीता विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

त्यसैगरि प्रेस चौतारी नेपाल, सिन्धुलीका अध्यक्ष पोष्टराज पहाडीले नेपाल सरकारले जारी गरेको अनलाईन सञ्चार माध्यम सञ्चालन निर्देशिका २०७३ नेपालको संविधान भन्दा विपरित रहेको र यस निर्देशिका अनलाईन पत्रकारहरुको हितमा नभएको भन्दै यसलाई सच्याउनका लागि राष्ट्रिय अनलाईन पत्रकार संघले आवश्यक कदम चाल्नु पर्ने बताए ।

त्यसैगरि नेपाल पत्रकार महासंघ सिन्धुलीका सदस्य बरुण कुमार लामीछाने, रासस सिन्धुली सम्वाददाता नविनबाबु अधिकारी, क्रियाशिल महिला पत्रकार सुजता लामाले पत्रकारीता देशको चौथो अंग भएकाले सत्य तथ्यलाई तोडमोड नगरी, व्यक्तिगत स्वार्थमा नलागी व्यवसायीकतातर्फ उत्तरदायी हुनुपर्नेमा जोड दिए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan