गजुरीमा एकाएक बसको ब्रेक फेल भएपछि....
न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २३ आइतबार | २००२ पटक हेरिएको
धादिङको गजुरीमा एकाएक बसको ब्रेक फेल भएपछि सो बसले ट्रकलाई ठक्कर दिएको छ ।
तराईबाट काठमाण्डौ आइरहेको ना ४ ख ७७४८को ट्रकलाई काठमाण्डौबाट गोर्खा जादैँ गरेको बा १ प ६०८ को टुरिष्टबसको ब्रेक फेल भएपछि गजुरीमा दुर्घटना भएको हो । घटना आज बिहान १०:४५ बजे भएको थियो ।
टुरिष्टबसमा सवार रहेका यात्रुहरु नेपाल पर्यटन श्रमिक सघंको दोस्रो अधिबेसनका लागि गोर्खा जादैँ थिए ।
दुर्घटनामा रहेकाहरु ४ जना नेपाल पर्यटन श्रमिक संघका सदस्यहरु रहेका छन् ।
उक्त बसले ट्रकलाई ठक्कर नदिएको भए बस तल खोलामा जाने थियो अप्रिय घटना घट्थियो प्रत्यक्षदर्सीले न्यूज अभियानलाई भने ।
सबै यात्रुहरु सकुसल रहेका छन् ।
