शिव र गोरखनाथ मन्दिर एकाएक ढले पछि ...
न्यूजअभियान | प्रकाशित मिति : २०७३ श्रावण २३ आइतबार | २१९० पटक हेरिएको
थापाथली स्थित गोरखनाथ मन्दिर एकाएक ढलेको छ । काठमाण्डौमा हावाहुरी सहितको बर्षा भएको थियो ।
थापाथलीमा रहेको शिब र गोरखनाथ मन्दिर ढलेको हो ।
बिहीबार साँझ ६ बजे मन्दिर एक्कासी ढले पछि सडकमा हिड्ने बटुवाहरुको भागाभाग भएको थियो ।
गत वैशाखको भूकम्पले जर्जर बनेको मन्दिरलाई आजको बर्षाले थेग्न नसकेको हो । तर कुनैपनि मानविय क्षती भने भएन ।
उक्त मन्दीर राणा कालिन अवस्थामा बनेको हो ।
