Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Gobinda Raj Joshi and his Contribution in Education by GFNL

न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ १७ शुक्रबार | २२८४ पटक हेरिएको

नेपाली साहित्यलाई विश्वमा चिनाउन तल्लीन रहेको विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले पुनः अर्को कृति प्रकासन गरेर सार्वजनिक गरेको छ ।

टंक प्रसाद उपे्रती द्धारा लिखित शिक्षाका प्रकास पुञ्ज गोविन्द राज जोशी भन्ने पुस्तक वरिष्ठ साहित्यकार नेपाल प्रज्ञा प्रतिस्ठानका पूर्व कुलपति वैरागी काइलाद्धारा यही भाद्र १६ गते एक वृहत कार्यक्रमका साथ तिनकुने स्थित निःसहाय सेवा सदनको सभाहलमा विमोचन भएको छ ।

उक्त पुस्तकको समिक्षा वरिष्ठ साहित्यकार प्रा. मोहन राज सर्माले गर्नु भएको थियो । सोही कार्यक्रममा विश्व नेपाली सहित्य महासंघ केन्द्रको तर्फबाट गोविन्दराज जोशीलाई सम्मान गरिएको थियो । त्यसैगरी लेखक श्री उप्रेतीलाइ उप्रेती वन्धु समाजका केन्द्रीय वरिष्ठ डाक्टर राम प्रसाद उप्रेतीद्धारा सम्मान गरिएको थियो । साथै गोविन्दराज जोशीलाई पनि सम्मान गरिएको थियो ।

गोविन्दराज जोशीले वरिष्ठ ईन्जीनियर पि.पि. अधिकारीलाई सम्मान गर्नु भएको थियो । उक्त पुस्तक विमोचनको सभापतित्व पुस्तक प्रकासन विश्व नेपाली साहित्य महा संघ नेपाल शाखाका अध्यक्ष रमेश कंडेलले गर्नु भएको थियो ।
उक्त समारोहमा प्रमुख अतिथि वैरागि काइला, पुस्तकका व्यतिmत्व गोविन्द राज जाशी, साहित्यकार भद्र कुमारी घलले समेतले बोल्नु भएको थियो । गायक कुमार उप्रतीले साउदी अरव र कतारमा नेपालीहरुले भोग्नु परेको पिडालाई गितको भाकामा गाउनु भएको थियो । 

कार्यक्रम विश्व नेपाली साहित्य महा संघ विश्व केन्द्रीय समितिका उपाध्यक्ष सागर श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको अन्तमा चियापान समेत गरिएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan