Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती

न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ २८ मंगलबार | ३२१९ पटक हेरिएको

सागर श्रेष्ठ, काठमाण्डौ । बानेश्वर बहुमुखी क्याम्पसले आफ्नो रजतजयन्ती धुमधामको साथ मनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य, शिक्षामन्त्रीको विशेष आतिथ्य र अन्य विद्धान, शिक्षाप्रेमीहरुको समुपस्थितिमा रजत जयन्त मनाएको हो ।
बानेश्वर बहुमुखी क्याम्पसको इृतिहास यस्तो रहेको छ ।
वि.स. २०४७ सालमा स्थापित वानेश्वर क्याम्पस सामुदायिक क्याम्पस हो । यसको सम्बन्ध त्रिभुवन विश्वविदद्यालय सित छ ।
यो क्याम्पसको समुद्घाटन नेपाली कांग्रेसका तत्कालिन कार्यवाहक तथा प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईबाट भएको हो ।
काठमाण्डौं महानगरपालिकाको वडा नं. ३४ शान्तिनगर स्थित यो सामूदायिक क्याम्पसको १५ सदस्यीय संचालक समितिको अध्यक्षमा हरिबोल भट्टराई हुनुहुन्छ ।
यो क्याम्पस विहान, दिउँसो र रात्री समूहमा कक्षाहरु संचालित छन् ।
यहाँं ं+२ स्नातकसम्म व्यवस्थापन मानविकी (पत्रकारिता समेत) र शिक्षाशास्त्रका कक्षाका साथै समाजशास्त्रमा स्नाकोत्तरका कक्षाहरु र रात्री समूहमा शिक्षाशास्त्र स्नातक तहका कक्षा पनि संचालित छन् ।
बिहान, दिउँसो र रात्री तीनवैटै समूहमा लगभग १८०० विद्यार्थी अध्ययनरत यस क्याम्पसमा ७५ जना प्राध्यापक र २५ जना कर्मचारी छन् ।
नेपालको पूर्वदेखि पश्चिमसम्मका प्रायः दूर्गम पहाडी जिल्ला र तराईका विभिन्न जिल्लाहरुबाट विद्यार्थीहरु आएर अध्ययन गर्ने यो क्याम्पसले पण्डित दीनबन्धु पोखरेल र विद्यार्थी नेतृ नवीना लामा लगायतका प्रतिभाशाली विद्यार्थीहरु पनि उत्पादन गरिसकेको गौरवमय इतिहास छ ।
प्रा.डा. वासुदेव त्रिपाठी र स्व. दैवज्ञराज न्यौपाने लगायतका विद्यानहरुले समेत प्राध्यापन गरिसक्नु भएको यस क्याम्पसमा विभिन्न छात्रवृत्तिको व्यवस्था क्याम्पसको खुलाठाउँमा स्थित आप्mनै भवन हुनुको साथै पुस्तकायलको व्यवस्था पनि छ ।
स्थापनाकाल ०४७ सालदेखि ०७३ सम्मको शैक्षिक यात्रामा यो क्याम्पसले रजतजयन्ती मनाएको हो ।
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्ने रजतजयन्ती समारोहमा विशिष्ट अतिथि शिक्षामन्त्री, त्रि.वि.वि.का उपकुलपति लगायतका उच्च तहका पदाधिकारीहरु र समाजका प्रतिष्ठित व्यक्तित्वहरुको समुपस्थिति रहेको थियो ।
समारोहमा लगातार २५ वर्षसम्म कार्यरत संचालक समितिका पदाधिकारी, प्राध्यापक, कर्मचारी शिक्षाप्रेमी, छात्रवृति संस्थापक व्यक्तित्वहरु, विभिन्न प्रतियोगिताका विजयी र उच्च अंक ल्याउने विद्यार्थीहरुका साथै प्राध्यापक संघका पादधिकारी र विद्यार्थी युनियनका सभापति एवं विभिन्न संघ संगठनका विद्यार्थीहरुलाई पनि सम्मानित÷पुरस्कृत गरिएको थियो ।
रजतजयन्ती स्मारिकको प्रकाशन गरिएको छ भने हाजिरीजवाफ र कविता प्रतियोगिता लगायत विभिन्न खेलकुदका कार्यक्रमका खेलाडीहरुलाई पुरस्कार तथा पूर्व विद्यार्थीहरुको मिलन समारोह सम्पन्न भएर श्री हर्क बहादुर देउवा सल्लाहकार एवं श्री लक्ष्मण लम्साल अध्यक्ष रहेको पूर्व विद्यार्थी संघ पनि गठन भएको थियो ।
सम्माननीय राष्ट्रपतिबाट क्याम्पसहाता भित्र रजतजयन्ती स्तम्भको शिलान्यास समेत भएको थियो । उक्त समारोहमा समाजका विभिन्न शिक्षाप्रेमी महानुभावहरु समेतको आर्थिक सहयोगमा विद्यार्थी छात्रवृत्तिकोषको स्थापना समेत गरिएको छ भने विद्यार्थीहरुबाट विभिन्न रचनात्मक निर्माणका कार्यहरु पनि सम्पन्न भएका छन् ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan