Sajha Vision II Talk Show II Min Krishna Maharjan II Nepal Tarun Dal
काठमाण्डौ । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको १२ वर्ष पछि यही अशोज ३ देखि ५ गते सम्म पोखरामा राष्ट्रिय अधिवेशन हुँदै छ । उक्त अधिवेशनमा अध्यक्षको प्रत्यासी मिनकृष्ण मर्हजनसंग नेशनल भिजन मिडिया ग्रुपको साप्ताहिक कार्यक्रम साझा भिजनका गरिएको कुराकानी:
चुनावको माहोल कस्तो हुदै छ ?
चुनाव नजिकै आईसकेको छ । सम्पूर्ण तयारी भइसेकको छ । अशोज ३ देखि ५ सम्म पोखरामा हुनेछ ।
तपाई नेपाल तरुण दलको अध्यक्षको प्रत्यासी हुनुहुन्छ कत्तिको आशाबादी हुनुहुन्छ ?
देशको ६५ ओटा जिल्लामा नेपाल तरुण दलको जिल्ला अधिवेशन भईसकेको छ । अधिकांस निर्वाचित अध्यक्षहरुले तपाई उठ्नुस हामी साथमा छौं नेपाल तरुण दललाई तपाईको खाँचो छ भनेका छन् । धेरै अनुभव र त्याग भएको हुनाले निर्वाचित हुन्छु भन्ने पूर्ण विश्वास छ ।
नेपाली कांग्रेसको भातृ संगठनहरुमात टिके प्रथा छ नी नेपाल तरुण दलमा पनि त्यसै हुनेत होईन ?
अब त्यसो हुने छैन । नेविसंघको अधिवेशनबाटै अब सबै संगठनहरुमा प्रजातान्त्रिक प्रक्रियाबाटै निर्वाचित हुनेछ ।
तपार्इ निर्वाचित हुनुभयो भने युवाहरुको लागि के कस्तो योजना छ अनि तरुण दललाई कसरी अगाडी बढाउनु हुन्छ ?
म निर्वाचित भए भने नेपाल तरुण दललाई पहिलेकै अवस्थामा पु¥याउने छु । अहिले युवा संगठनहरुमा जुन प्रकारको आलस्यता छ म त्यो हुन दिने छैन । बालकृष्ण खाँड ज्यूले अगाडी बढाए झैं अगाडी लाने छु । युवाहरुलाई स्वदेशमै रोजगारको लागि पहल गर्नेछु ।
बाँकी साझा भिजनमा...
