Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

9th AGM of Niloaakash Cooperative

न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज २१ शुक्रबार | २१७२ पटक हेरिएको

सागर श्रेष्ठ, काठमाण्डौ ।
दिन प्रतिदिन सहकारी सम्बन्धी नकारात्मक समाचार  आईरहेको अवस्थामा र राजधानीमै ३५० भन्दा बढी सहकारी खारेज भएको अवस्थामा एउटा भरपर्दो, स्थापना काल देखीनै आफ्ना सदस्यहरुको आर्थिक विकासको लागि तल्लिन निलोआकाश वचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो ९ औं वार्षिक साधारण सभा भव्यताको साथ सम्पन्न गरेको छ ।
संस्थाको अध्यक्ष निमनाथ फुयलको सभापतित्व तथा जिल्ला सहकारी संघ काठमाण्डौको सचिव खेमराज सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सहकारी डिभिजन लगायत विभिन्न सहकारीका प्रमुख तथा प्रतिनिधी र शेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुदै डिभिजन सहकारीका प्रतिनिधी र प्रमुख अतिथि खेमराज सुबेदीले सहकारीलाई चुस्त दुरुस्त राख्न र प्रगति गर्नलाई शेयर सदस्यहरुको प्रमुख भूमिका हुने भएकोले सचेत रहन अनुरोध गर्नु भएको थियो साथै एक सहकारी एक सदस्यको निती अनुरुप अगाडी बढ्न अनुरोध गरेको थियो । उक्त अबसरमा सहकारी सम्बन्धी सरकारको निति र सहकारी कर्मीहरुले गर्नु पर्ने विषयहरुमा प्रकास पार्नु भएको थियो ।
आफ्नो शुभकामना मन्तब्य दिने क्रममा सबै अतिथिहरुले निलोआकास सहकारीले थोरै समयमा गरेको आर्थिक विकासको प्रशंसा गर्दै उन्नती र प्रगतिको लागि शुभकामना दिनु भएको थियो ।
दुईओटा चरणमा सञ्चालित कार्यक्रमको पहिलो शत्रमा अध्यक्षको प्रगति विवरण र भाविकार्य योजनाको बारेमा विस्तृतरुपमा प्रकास पार्नु भएको थियो । आफ्नो करिब २५ मिनेट लामा भाषणमा संस्थाले गरेका राम्राकामहरु सदस्यता राहत कोष, घरजग्गा खरिद कोष, कर्मचारी अबकास कोष, कर्जा सुरक्षण कोष, ढुकुटी तथा काउण्टर बीमा, सामुहिक सदस्य दुर्घटना बीमा, दैबी तथा प्राकृतिक प्रकोप उद्धार कोष, शैक्षिक सम्मान, रत्ततदान, जेष्ठ नागरिक सम्मा कार्यक्रम, तालिम सेमिनार, साथमा ११ बुँदे भावि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमको दोस्रो शत्रमा कोषध्यक्षको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन, वि.स. २०७२÷२०७३ को लेखा परिक्षकको प्रतिवेदन, २०७२÷२०७३ को लाभांस घोषणा, आदी हलमा उपस्थित शेयर सदस्यहरुको तालिको गडगडाहटले पारित गरेको थियो ।
तेस्रो चरणको कार्यक्रममा निर्वाचन पनि भएको हुदा ईन्द्र घिमिरेको संयोजकत्वमा ३ सदसिय निवाचन कमिटिले ३ वर्षको लागि निमनाथ फुयलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मान, एसएलसीमा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रम संस्थाको सचिवले सञ्चालन गर्नु भएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan