Dashain for all by GFNL Isreal
आफ्नो छोराछोरीको उज्जवल भविश्यको लागि विदेशिएका नेपालरुहले आफ्न्त भन्दा टाढा रहेर साथीभाईसंग प्रवासमा हर्सोउल्लासमय वातावरणमा दशैं मनाउँछन ।
तर आफु प्रवासमा भएपनि मन भने नेपालमा आफन्त माझ नै हुन्छ । ईजरायलमा रहेका साहित्यक मनहरु विश्व नेपाली साहित्य महासंघ ईजरायलले रकम संकलन गरेर न्यूज अभियान अक्षयकोष मार्फत टुहुरा बालबालिकाहरुसंग सबैले मनाउँ दशैं मिलेर मनौ दशैं भन्दै हार्टबिटको सहकार्यमा दशैं मनाएकाछन् ।
काठमाण्डौको बाल मन्दीरमा आश्रित करिब ९० जना बालबालिकाहरुसंग चिउरा, मासु, केक, लड्डु साथमा शैक्षिक सामाग्रिहरु वितरण गरेर दशैं मनाएकाछन ।
उक्त अबसरमा विश्व नेपाली सहत्यि महासंघ केन्द्रका उपाध्यक्ष सागर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
विश्व नेपाली साहित्य महासंघ ईजरायल शाखाले संकलन गरी रु ३०,१२५ पठाएको थियो । उक्त रकम हाटबेर्टको प्रतिनिधीलाई एकमुष्ठ सागर श्रेष्ठले हस्तानतरण गरेको थियो ।
स्मरण रहोस हार्टबिटले यस आर्थिक वर्षमा मात्र करिव १५०० भन्दा बढी बालबालिकाहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गरिसकेको छ ।
