काठमाडौं दसैंमा चकमन्न सुनसान
आज यसबर्षको बडादसैंको नवमीको दिन । काठमाडौंको सडकको भिडका बारेमा तपाईलाई जानकारी नै होला । यदि तपाई मुलुकको काठमाण्डौ प्रवेश गर्नु भएको छ भने ।
भीड र सडक जाम कति कति ? झन् कार्यलय समयमा त कुरै नगरौं । कहिले काहिं हुने वन्द ,हड्ताल बाहेकको सडक आज भोली भने निकै खुल्ला देखिएका छन् । काठमाडौं दसैंमा चकमन्न सुनसान छ । यसपटक बिगत भन्दा पनि मुख्य बजार र सडक प्राय सुनसान देखिएको छ ।
काठमाडौँबाट मोफसलका सर्वसाधारण बाहिरिएपछि सडकमा छोटो दूरीका भाडाका सवारीसाधन फाट्टफुट्टमात्रै चलेका देखिन्छन् । निजी सवारीसाधन पनि नगन्य देखिन्छन् । बडादसैँको नवमीका दिन आज काठमाडौँका मुख्य बजार र सडक प्राय:सुनसान देखिएको छ ।
दसैँ मनाउन काठमाडौँबाट मानिस आआफ्ना घर गएको र यहाँका बजार, कार्यालय पनि प्रायः बन्द रहेकाले सडक सुनसान देखिएको हो । सडकमा छोटो दूरीका भाडाका सवारीसाधन फाट्टफुट्ट चलेका देखिन्छन् भने निजी सवारीसाधन अत्यन्त न्यून देखिएको छ ।
