गीति एल्वम प्रारम्भ सार्वजनिक
संगीतकार अारसी थापाको एकल संगीतमा सत्यराज तथा स्वरूप राजको स्वरमा गीति एल्वम प्रारम्भ सार्वजनिक भएको छ । एल्वमको गीतकार तथा चलचित्र निर्देशक यादव खरेलले शनिबार विमोचन गरेका हुन् । सत्य स्वरूप इन्टरटेन्मेटको पहिलो कोसेली स्वरूप संगीतकार थापाको प्रारम्भ सत्यस्वरूपसँग सार्वजनिक भएको हो । यो सत्य स्वरूपको ११ अौँ स्लो एल्वम हो । एल्वममा सात वटा गीत समावेश छन् । एल्वममा अारसी थापाले लेखेको तिम्रो सुन्दर अाँखामा र हाँ देखे जस्तो लाग्छ, विष्णु सुवेदीको रोएर बसेँ र अाज फेरी पँधेरीमा, कुलराज थापाको नलुकाउन मुहार तिम्रो रमेश दाहालको त्यही अाउ र कल्पना अधिकारीकाे तिम्रो नजरबाट बोलको गीत समावेश छन् । कार्यक्रममा तिम्रो सुन्दर अाँखामा र तिम्रो नजरबाट बोलको गीतको म्यूजिक भीडीयो समेत सार्वजनिक गरिएको छ ।
