Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाल बन्दको असर सर्वसाधारणमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ कार्तिक २८ आइतबार | २१७७ पटक हेरिएको

न्यूज अभियान, काठमाण्डौ । नेत्रविक्रम चन्द्र माओबादीले आज गरेको नेपाल बन्दको असर सर्वसाधारणमा परेको छ । मोटर साईकल र केही मात्रमा गाडि लचेता पनि ठूला गाडीहरु चलेका छैनन् । बन्द गर्दैैैै हिँड्ने करिब ५ दर्जन जना भन्दा धेरै पक्राउ परेका छन् । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरुलाई आइतबार बिहानै पक्रेको प्रहरीले जनाएको छ ।
आइतबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले बन्दको आह्वान गरेकाले उपत्यकाका चोक चोक तथा भित्रि गल्लीमा सादा पोशाकका प्रहरी पनि खटिएका छन् ।

अहिलेसम्म बन्दको प्रभाव नपरेको र गाडी चलाउनेलाई सुरक्षाको व्यवस्था गर्ने प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरीले जानकारी दिएपनि बन्दको हल्लाका कारण गाडी भने अघिल्ला दिन भन्दा कम चलेका छन् ।
बन्दका कारण सर्वसाधारणहरुलाई गन्तव्यसम्म पुग्नलाई कठिन भएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan