विनेसामद्धारा गजलकार विश्चलको सिसिफस जीवन सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । रोजगारिको सिलसिलामा दुबई पुगेका गजलकार निश्चलले आफ्नो गलज संग्रह सिसिफस जीवन एकै दिन सार्वजनिक गरे । शुक्रबार बाठमाण्डौको एकेडेमी हलमा र दुबईको जाबील पार्कमा सार्वजनिक गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले गजलकार निश्चलको गजल संग्रह सिसिफस जीववनको विमोचन गर्दै प्रमुख अतिथि घिमिरेले अहिले नेपाली साहित्यमा गजल विधा निकै लोकप्रिय भएको बताए । विश्व नेपाली महासंघद्वारा आयोजित विमोचन समारोहका महासंघका संस्थापक उपाध्यक्ष कवि रमेश पौडेलको सभापतित्वमा सम्पन्न विमोचन समारोहमा कृतिको समीक्षा गजलकारहरू ज्ञानुवाकार पौडेल, डा. घनश्याम न्यौपाने र जाकिर हुसेनले गर्दै प्रवासी भूमिमा रहेर पनि निश्चलको गजल साधना प्रशंसायोग्य रहेको वताए ।
साहित्यकार, कुटनीतिज्ञ र समाजका विभिन्न क्षेत्रका व्यक्तिहरूको बाक्लो उपस्थितिरहेको विमोचन समारोहमा सार्क सचिवालयका महासचिव अर्जुन बहादुर थापा, गैर आवाशिय नेपाली संघका पूर्व उपाध्यक्ष रामेश्वर शाह, महासंघका उपाध्यक्ष सागर श्रेष्ठ , पत्रकार दामेदर नेपाल, जे.पी. सापकोटा आदिले शुभ कामना मन्तव्य दिएका थिए ।
विमोचित गजल संग्रहबाट गायक सोनाम लामाले गजल गायनको प्रस्तुति दिए भने गजलकार हरि मानन्धर र राधा कार्कीले गजलवाचा गरी सुनाए । बैदेशिक रोजगारीका सिलसिलामामा दुबईमा रहनु भएका गजलकार निश्चलका विभिन्न भावका छ दर्जन गजलहरू सिसिफस जीवनमा संग्रहित छन् ।
