Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |

बारा, ३ असोजः बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

स्थानीय होटलमा दुई पक्षबीच भएको विवादका क्रममा चक्कु प्रहारबाट जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको हो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिनुभयो ।

गम्भीर घाइते खड्कालाई स्थानीयको सहयोगमा उपचारका लागि जितपुरसिमरा नगर अस्पताल पुरÞ्याइएको थियो । त्यहाँ प्राथमिक उपचार गरी उहाँलाई थप उपचारका बयोधा अस्पतालमा पुर्याइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिनुभयो । घटनापछि तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिँदै घटनामा संलग्न रहेका मुख्य आरोपी जितपुरसिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आयुष राईसहित ३ जनालाई नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । मृतकको शव अस्पतालमै रहेको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । घटनापछि सिमराका स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan