Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्याङ्करको ठक्करबाट मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३ शनिबार | रासस

 

भक्तपुर, ३ असोजः काठमाडौँबाट जडिबुटी हँुदै भक्तपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ प ०६१५ नम्बरको ट्याङ्करले शुक्रबार बा ९३ प ७६७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दोलखाकी ३९ वर्षीया उर्मिला कार्कीको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार कोटेश्वरवाट जटिबुटी हुँदै भक्तपुर आउने क्रममा शुक्रबार कार्की सवार मोटरसाइकललाई सोही दिशावाट आइरहेको टयाङ्करले ठक्कर दिँदा मोटसाइकल चालक एवं कार्कीका श्रीमान् काभ्रेपलाञ्चोकको तिमाल गाउँपालिका–४ का देवराज कँडेल घाइते भएका थिए ।   ट्याङ्कर चालक र दुबै सवारी साधनलाई प्रहरीले निण्न्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan