Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दश लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार |

वीरगन्ज (पर्सा), २ असोजः सशस्त्र प्रहरी बल, नेपाल पर्साले १० लाख ५८ हजार ५४० बराबरको अवैध कपडा बरामद गरी वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरेको छ ।

आज पर्साको पकाहाँमैनपुर गाउँपालिका-५ सबैठवास्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म लहावरथरिबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा गाईभैँसीको भुस राख्ने गोठमा अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा फेला पारी बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी प्रकाशचन्द्र भट्टले जानकारी दिनुभयो ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan