Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ३ शनिबार | (रासस)

म्याग्दी, ३ असोजः बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका-२ र मालिका गाउँपालिका-६ को सिमानामा रहेको दुखुखोलाको सडक पुल जलविद्युत् आयोजनाको सहयोगमा संरक्षण गरिएको छ । 

    दुखुखोलामा आएको बाढीले पुलको मङ्गला गाउँपालिकातर्फ पिल्लरको जगमुनिबाट खोला बग्न थालेको र पहुँचमार्ग कटान गरेर साँघुरिएकाले यात्रुवाहक सवारीसाधन र जलविद्युत् आयोजनाका सामग्री बोकेका ठूला ट्रक गुड्ने पुल भासिएर दुर्घटना हुने जोखिम थियो । 

    मालिका, धौलागिरि र तमानखोला गाउँपालिकाको बेनीसँग जोड्ने सडकमा यातायात सम्पर्कविच्छेद हुन नदिनका लागि जलविद्युत् आयोजनाहरूको सहयोगमा मर्मत र संरक्षण गरिएको जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो । 

    उहाँका अनुसार ६५ मेगावाट क्षमताको म्याग्दीखोला, ३७ मेगावाट क्षमताको अपर म्याग्दी, ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१, २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला, १४ मेगावाट क्षमताको मुदीखोला र छ मेगावाटको दरखोला जलविद्युत् आयोजनाले साझेदारीमा पुल मर्मत गरेका हुन् ।  

    “पुलको जोखिमका कारण आवतजावत ठप्प हुने अवस्था र निर्माण कार्य प्रभावित बनेपछि म्याग्दी नदी बेसिनका जलविद्युत् आयोजनाहरुले साझेदारी गरेर संरक्षणको काम गरेका हुन्”, कार्यवाहक जिसस प्रमुख खत्रीले भन्नुभयो, “सरकारी प्रक्रियाबाट ढिलाइ हुने भएकाले जलविद्युत् आयोजनाको सहयोग मागिएको हो ।” 

    दुखुखोला पुलको जोखिमका कारण जलविद्युत् आयोजनाहरूमा निर्माण सामग्री र उपकरण ढुवानीमा समस्या भएको थियो । अपर म्याग्दी-१ जलविद्युत् आयोजनाका प्रमुख ज्योतिकुमार केसीले खोला डाइभर्सन, पुलको जगमुनि ढलाल र पहुँचमार्गमा ग्यावियन पर्खाल लगाएर संरक्षण गरी सबै किसिमका सवारीसाधन सञ्चालन गर्न मिल्ने बनाएको बताउनुभयो । 

    सङ्घीयता लागू हुनुअघि तत्कालीन जिल्ला प्राविधिक कार्यालयले ठेक्का लगाएको २० मिटर लामो र छ मिटर फराकिलो यो पुल रु दुई करोड छ लाखमा विसं २०७६ मा निर्माण सम्पन्न भएर सञ्चालनमा आएको थियो । मालिका धुरीको फेदीमा मुहान रहेको दुखु ठाडोखोला हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan