Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राससबाट सेवानिवृत्त महतो र अधिकारीको बिदाइ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज २ शुक्रबार | (रासस)
newsabhiyan

काठमाडौँ, २ असोजः राष्ट्रिय समाचार समिति (रासस)का पूर्वप्रशासन प्रमुख शीतलप्रसाद महतो र पूर्वलेखाप्रमुख रुद्रमणि अधिकारीलाई बिदाइ गरिएको छ ।
 
राससको केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा राससका अध्यक्ष उदयबहादुर रानामगर र महाप्रबन्धक सन्दीप राईले उहाँहरूलाई बिदाइ गर्दै आगामी जीवन सक्रिय एवं सुखद रहोस् भनी कामना गर्नुभयो ।
 
अध्यक्ष रानामगरले सेवानिवृत्त कर्मचारीद्वयलाई आगामी जीवन थप सिर्जनात्मक बनाउन सुझाव दिँदै दीर्घजीवनको कामना गर्नुभयो ।
 
“राससमा लामो समय कार्यरत रहेर यहाँहरूले गर्नुभएको योगदानको सधैँ स्मरण गरिनेछ”, उहाँले भन्नुभयो, “तपाईँहरू  सेवानिवृत्त भएपछि राससको दैनिक कार्यजिम्मेवारीबाट मात्रै टाढा हुनुभएको हो । यहाँहरूको दक्षता र सीपको जति बेला पनि संस्थालाई आवश्यकता पर्नेछ । त्यो बेला निर्धक्क सहयोग गर्न सक्नुहुनेछ ।” 

अध्यक्ष रानामगरले अन्य पेसामा कार्यरत कर्मचारीहरू सेवानिवृत्तपछि निष्कृय भइन्छ भन्ने मनोविज्ञान रहने गरेको भए पनि पत्रकारिता क्षेत्रका व्यक्तित्वहरूमा त्यस्तो भएको आफूले नपाएको स्मरण गर्नुभयोे । 

प्रधानसम्पादक उत्तम सिल्वालले रासस सेवामा रहँदा निश्चित सीमाभित्र रहेर काम गर्नुपर्ने अवस्था भए पनि सेवानिवृत्तपछि खुला राजमार्गमा आफ्नो जीवन अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।
 
प्रमुखसमाचारदाता एकराज पाठकले राससबाट सेवानिवृत्त भए पनि आगामी दिनमा अझ सिर्जनशील र रचनात्मक कार्यमा सरिक हुन सुझाव दिनुभयो ।
 
पूर्वप्रशासन प्रमुख महतोले राससको सेवा अवधिमा विभिन्न खालका उतारचढाव आए पनि सधैँ निष्ठावान र निष्पक्ष ढङ्गले कार्यसम्पादन गर्दै आइरहेको स्मरण गर्नुभयो । उहाँले आफ्नो सेवाअवधिमा सधैँ संस्थाको सर्वाेपरि हित ठानेर कार्यसम्पादन गरेको बताउनुभयो ।
 
पूर्वलेखा प्रमुख अधिकारीले आफ्नो सेवाअवधिमा सबै सहकर्मीसँग समन्वय र सहकार्य गरेर काम गर्दै आएको स्मरण गर्नुभयो ।
 
नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठानका सभापति कृष्णप्रसाद सापकोटाले व्यावसायिक संस्थामा कार्यरत रहँदा आउने र जाने प्रक्रिया नियमित भएकाले पनि आगामी जीवन अझै सुखमय बनाउन अनुरोध गर्नुभयो ।

निमित्त प्रशासन प्रमुख भरत केसी राससमा रहँदा उहाँले गर्नुभएको प्रशांसा गर्दै आगामी जीवन सक्रियपूर्वक बिताउन सुझाव दिनुभयो । 

संस्थाको पूर्वप्रधानसम्पादकसमेत रहनुभएका महतो २०५६ फागुन १९ गते अधिकृतस्तर छैटौँबाट सेवा प्रवेश गरी गत साउन ६ गतेदेखि अधिकृतस्तर दशौँतहबाट अनिवार्य सेवानिवृत्त हुनुभएको हो । 
 
त्यस्तै राससकर्मी अधिकारी विसं २०५५ भदौ १ गते अधिकृतस्तर छैटौँ तह (कम्प्युटर सुपरभाइजर) बाट सेवाप्रवेश गरी गत असार ३ गते अधिकृतस्तर नौ तह/प्रमुख लेखाअधिकृतबाट सेवानिवृत्त हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan