Sunday 20th of September | २०८३ असोज ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार | रासस

दमौली (तनहुँ), ४ असोजः व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण, सिँचाइ, शिक्षा तथा सार्वजनिक पूर्वाधार निर्माणमा प्रगति गरेको छ । 

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गत आर्थिक वर्षमा नगर क्षेत्रमा ६ दशमलव ४६ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ । 

    नगरपालिकाले सो अवधिमा ३ दशमलव ३९ किलोमिटर सडक कालोपत्र तथा ढलान गरेको छ भने ६ दशमलव ८८ किलोमिटर सडक ग्राभेल गरेको छ । सडक पूर्वाधारसँगै नगरपालिकाले सहरी व्यवस्थापन र सार्वजनिक संरचना निर्माणलाई प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनुभयो ।

आर्थिक वर्ष २०८२÷८३ मा नगर क्षेत्रमा ११ दशमलव ३६ किलोमिटर ढल निर्माण गरिएको छ । साथै कृषि उत्पादनमा नौ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको छ ।

    नगरपालिकाले सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणतर्फ पनि काम अघि बढाएको छ । गत आर्थिक वर्षमा तीन वटा पार्क निर्माण गरिएको छ भने १५ वटा नयाँ विद्यालय भवन निर्माण भएका छन् । स्थानीयस्तरमा सामाजिक तथा सामुदायिक गतिविधिका लागि आवश्यक छ वटा सामुदायिक भवन निर्माण भएका छन् । 

    व्यास नगरपालिकामा हालसम्म सडक पूर्वाधारको विकासमा उल्लेख्य विस्तार भएको छ । हालसम्म एक सय ५८ दशमलव ६९ किलोमिटर सडक कालोपत्र तथा ढलान भइसकेको छ भने ३५ दशमलव ०९ किलोमिटर सडक ग्राभेल गरिएको छ । 

    नगरका विभिन्न बस्ती तथा ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने क्रममा हालसम्म सात सय २५ दशमलव ६७ किलोमिटर नयाँ सडक ‘ट्र्याक’ खोलिएको छ । हालसम्म व्यास नगरपालिकाभित्र २२ वटा मोटरेबल पुल र १५ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । 

    त्यसैगरी, हालसम्म नगर क्षेत्रमा एक सय १८ दशमलव ९५ किलोमिटर ढल निर्माण भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालले बताउनुभयो । बाढी तथा नदी कटानबाट बस्ती र खेतीयोग्य जमिन जोगाउन हालसम्म पाँच दशमलव     १७ किलोमिटर नदी नियन्त्रणको काम सम्पन्न भएको छ । कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि पनि नगरपालिकाले लगानी गर्दै आएको छ । हालसम्म २४ दशमलव ०७ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार गरिएको नगरपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै थप ९ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको हो ।

    व्यास नगरपालिकाले खुला तथा मनोरञ्जनात्मक क्षेत्र विकासलाई समेत आफ्नो पूर्वाधार योजनामा समेटेको छ । हालसम्म नगर क्षेत्रमा १९ वटा पार्क निर्माण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan